क्रिकेट

एनपीएल: कर्णालीकाे राेमाञ्चक जित,विराटनगर स्तब्ध

एनपीएल: कर्णालीकाे राेमाञ्चक जित,विराटनगर स्तब्ध

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ।

जितका लागि १८७ रनको बिशाल लक्ष्य कर्णालीले १९।५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान सोमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनको योगदान गरे।विराटनगरका एन्जलो म्याथोजले ३ विकेट लिए।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो दिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो।

जसमा लोकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चौथो खेलाडी समेत बने। यस्तै एन्जलो माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान गरे।

कर्णालीका कप्तान सोमपाल कामी एक्लैले ४ विकेट हात पारे।

कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।