काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका बिषयमा अदालतले न्याय दिने बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दैै पूर्वसभापति देउवाले आफुहरु नै आधिकारिक भएकाले अदालतले न्याय दिने बताएका हुन् । उनले पार्टी आधिकारिकताका सवालमा अर्को पक्षबाट ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । पछिल्लो समय इनम सापकोटा प्रकरणले पनि आर्थिक चलखेल भएको प्रष्ट देखिएको उनको भनाइ छ ।
‘यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो रु,देउवाले प्रश्न गर्दै भने,’त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो र ? ’
उनले महाधिवेशनमा आफू सभापति पदमा नउठ्ने भन्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने इच्छा मात्रै रहेको धारणा राखे ।

