राजनीति

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज डा केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् । “शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्राभवकारीरूपमा काम गर्नुहोस्”, गृहमन्त्री गुरुङले भने ।

फिल्ड’मा खटिने प्रहरी जवानको मनोबल उच्च राख्न निर्देशन दिँदै उनले भने, “प्रहरीलाई आवश्यक स्रोतसाधन दिन सरकार तयार छ । कुनै काममा गाह्रो अप्ठयारो छ भने सम्बोधन गर्न गृह मन्त्रालय तत्पर छ ।”

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।