काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सोह्रौं अर्धशतक चितवन राइनोजका रवि बोपराको नाममा लेखिएको छ।बोपराले आज काठमाडौं गोर्खाजकाविरूद्ध ३४ बलमा ३ छ्क्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे।
जारी सिजनमा हालसम्म १६ अर्धशतक र एक शतक प्रहार भएको छ।
जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुईरदुई अर्धशतक हिर्काएका छन्।
विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलान, पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक हिर्काएका थिए।
यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन्। उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए।

