नेपाली कांग्रेस

नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारीमा कांग्रेस

नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारीमा कांग्रेस

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारीमा जुटेको छ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएसँगै कांग्रेसले नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गराउन आवश्यक प्रक्रिया अघि बढाएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिवका अनुसार अहिले आयोगमा पेस गर्नुपर्ने आवश्यक कागजात तयार पार्ने काम भइरहेको छ। सम्भव भएसम्म आजै आयोग पुगेर विवरण अद्यावधिकका लागि निवेदन दिने तयारी रहेको उनले बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिवलाई दिएको थियो। सोही निर्णयअनुसार पार्टीले आवश्यक कागजात र प्रक्रिया पूरा गरिरहेको छ।

कार्यवाहक मुख्यसचिवले आयोग जाने विषयलाई पार्टीको नियमित कानुनी प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। विधान र प्रचलित कानुनअनुसार महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गराउनुपर्ने भएकाले सोहीअनुसार अघि बढ्न लागिएको उनको भनाइ छ।

१५औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएपछि राजनीतिक दलले नयाँ निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने प्रावधान छ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।