राजनीति

प्रचण्डलाई भेटेर झलनाथले भने- पार्टीमै प्रतिबद्ध छु, वाम एकताका लागि अभियान चलाएको हुँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको छ।...

प्रचण्डलाई भेटेर झलनाथले भने- पार्टीमै प्रतिबद्ध छु, वाम एकताका लागि अभियान चलाएको हुँ

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको छ।

करिब डेढ घण्टा चलेको भेटवार्तामा वरिष्ठ नेता खनालले हालै आफूले घोषणा गरेको ‘समाजवादी जागरण अभियान’ का उद्देश्य र आगामी कार्यक्रमबारे संयोजक प्रचण्डलाई जानकारी गराएका थिए। ब्रिफिङपछि संयोजक प्रचण्डले उक्त अभियानलाई सकारात्मक भन्दै समर्थन जनाएका छन्।

भेटमा नेता खनालले वामपन्थी शक्तिहरूबीच वैचारिक बहस चलाउँदै छरिएर रहेका कम्युनिस्टहरूलाई एकताबद्ध गर्न र वाम एकता सुदृढ बनाउन अभियान थालिएको बताएका थिए। आफू नेपाली कम्युनिस्ट पार्टीमै पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले बाहिर भ्रमपूर्ण प्रचार गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

खनालको सचिवालयका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषय, पछिल्ला राजनीतिक घटनाक्रम तथा वर्तमान सरकारका कामकारबाहीबारे समेत समीक्षा भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।