नेपाली कांग्रेस

बालेनको अभिव्यक्तिमा गगनको कटाक्ष- तर्साउने धेरै आए, तर्सिने बानी परेन

बालेनको अभिव्यक्तिमा गगनको कटाक्ष- तर्साउने धेरै आए, तर्सिने बानी परेन

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को पछिल्लो चेतावनीपूर्ण अभिव्यक्तिलक्षित नेपाली कांग्रेसका सभापति गगन थापाले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै लेखेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषयलाई लक्षित गरेर आएको हो भन्ने स्पष्ट नभए पनि त्यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

यसैबीच, कांग्रेस सभापति थापाले भने अहिले ठीक १८ः०० बजेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

सरकारले थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भन्दै भ्रम फैलाएको आरोपसमेत सार्वजनिक भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो । यद्यपि, थापाले आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीको नाम उल्लेख गरेका छैनन् ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।